तारकेश्वर नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा बाढी–पहिरो पिडितका लागि एक महिनाको तलब सुविधा काँग्रेसको राहत कोषमा जम्मा

Sagarmatha Post
Sagarmatha Post १५ आश्विन २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । असोज १५ । तारकेश्वर नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस तारकेश्वर नगर सभापति कृष्ण हरि महर्जनले आफ्नो एक महिनाको तलब– सुविधा बापतको रकम नेपाली काँग्रेसले बनाएको बाढी पहिरो पिडित कोषमा जम्मा गर्नुभएको छ ।
असोज १३ गते काँग्रेसको कार्यसम्पादन समितिको बैठकले बाढी–पहिरो पीडितको सहयोगका लागि ५० लाखको कोष निर्माण गदै संघीय सांसदको १५ दिनको पारिश्रमिक सहित संकलीत रकम राहत र उद्धारको लागि सरकारले बनाएको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । काँग्रेसले कोष निर्माण गर्ने निर्णय गरेको करिब १२ घण्टा नबित्दै असोज १४ गते नगरप्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुखले पाउने सेवा सुविधा बापतको रकम मध्यबाट रु ५५,५५५ रुपयाँ नेपाली काँग्रेसले बनाएको उद्धार तथा सहयोग कोषमा जम्मा गर्नुभएको हो ।
नगरप्रमुख महर्जनले बाढी–पहिरोका कारण देश रोइराहेको बेलामा पिडितहरुका लागि थोरै भएपनि सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो“ पार्टीले पिडितहरुका लागि सहयोग गर्ने निर्णय गरेको छ, मैले सानै भएपनि सहयोगको सुरुवात गरेको छु, आशा छ देशै भरबाट यो अभियानमा राम्रो सहयोग जुटनेछ”
सामाजिक र परोपकारी कार्यमा संधै अग्रसर रहनुहुने नगरप्रमुख कृण हरि महर्जनले पार्टीको पदमा रहंदा होस वा नरहंदा पिडामा परेकाहरुलाई सहयोग गदै आउनुभएको छ । नेपाली काँग्रेस तारकेश्वर नगरसभापति भएकै समयमा सिन्धुपाल्चोकको हेलम्बुमा भएको बिपत्ती देखि भुकम्प र कोरोना महामारीका समयमा समेत उहाँले सहयोग गदै आउनुभएको छ ।
तारकेश्वर नगरपालिकाको प्रमुख भएपछि मर्हजनले आफुले पाउने सेवा सुविधाहरु सामाजिक र परोपकारी कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको थियो । त्यस यता नगरप्रमुखले एकल महिलाको लागि सिलाईमेसीन, अपांगता, असाहाय र गरिबीमा रहेकाहरुका लागि आर्थिक सहयोग तथा खाध्यान्न बितरण लगायतका परोपकारी कार्यमा सहयोग गदै आउनुभएको छ । नगरप्रमुख महर्जनले तिजको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत महिला विद्याालयमा अध्ययनरत महिला विद्यार्थीहरुको लागि ड्रेस खरिदका लागि १ लाख नगद सहयोग गर्नुभएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्