दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Sagarmatha Post
Sagarmatha Post ११ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा आज जारी विज्ञप्तिमा दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएको हो ।

मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रूपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरू सदाझैँ यथावत् रुपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्