रबिन थपलिया । काठमाण्डौं । चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक समावेश गरिएको चेस खेल सुरु भएको छ ।
मनमैजु माध्यामिक विद्यालयमा आज आयोजना गरिएको प्रतियोगिताको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले उदघाटन गर्नुभयो ।
दुई स्वर्ण, दुई रजत र दुई कास्य गरी ६ पदकका लागि प्रतियोगिता हुने चेस खेलका संयोजक रबिना महर्जनले बताउनुभयो ।
उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी र तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन, वडा सदस्यहरु लक्ष्मी अधिकारी, श्यामकृष्ण महर्जन, मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना, सह संयोजक बिक्रम खड्गी लगायतको उपस्थीति रहेको थियो ।


fgf


प्रतिक्रिया दिनुहोस्