चौथो मेयर रनिङ शिल्ड अन्तर्गत फुटबल खेल सम्पन्न, छात्र तर्फ कौशल र छात्रा तर्फ नेपाल राष्ट्रिय मावि ले उपाधी जित्यो

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा भएको चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा अन्तर्गत फुटबल खेल सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत टिपटो स्पोर्ट हबमा आयोजना भएको उक्त खेलमा छात्र तर्फ कौशल स्कुल प्रथम, न्यु एरा स्कुल द्धितिय र प्रारम्भ वल्ड स्कुल तृतिय भएको छ । फाइनल खेलमा कौशर स्कुलले न्यु एरालाई सुन्यको बिरुद्ध एक गोललले पराजीत गर्यो ।
त्यस्तै छात्रा तर्फ नेपाल राष्ट्रिय मा.वि प्रथम, ल्याण्डमार्क स्कुल द्धितिय तथा सेक्रेटहार्ट तृतीय भएको छ ।
प्रतियोगिताको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले एक समारोहका बिच समापन गदै बिजेता खेलाडीहरु तथा प्रशिक्षकहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको खेल सह संयोजक बिक्रम खड्गी लगायतको उपस्थीति रहेको थियो ।

May be an image of football, soccer and text

sdsd

May be an image of one or more people, people playing soccer, people playing football, people standing, sports equipment, grass, stadium and text

May be an image of soccer, football, tennis and text

May be an image of soccer, football and text

fgdfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्