सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी

Sagarmatha Post
Sagarmatha Post १५ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज (साउन १५ गते) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश लागू गरिएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही क्षेत्र, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

प्रशासनले कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। अत्यावश्यक सेवा तथा प्रशासनबाट अनुमति प्राप्त सवारीसाधन र व्यक्तिबाहेक अन्य सबै प्रकारका आवतजावतमा रोक लगाइएको प्रशासनले जनाएको छ।स्थानीय प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, संयमित रहन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। कर्फ्यु अर्को आदेश जारी नभएसम्म कायम रहने जनाइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्