बूढीगण्डकीमा बाढीको बहाव घट्दै, : स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह

Sagarmatha Post
Sagarmatha Post २५ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट गाउँपालिकासम्म दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेका छन् । आरुघाटभन्दा तलका क्षेत्रमा भने नदीको बहाव क्रमशः घट्दै गएको छ।भीमसेन थापा, सहिद लखन र गण्डकी गाउँपालिका क्षेत्रमा नदीको बहाव कम भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार अहिले नदीमा पानीको बहाव निकै घटिसकेको छ।

तीनवटै गाउँपालिकाका अध्यक्षहरूले हालसम्म आफ्नो क्षेत्रमा भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। गण्डकी गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले सबै वडाका नागरिकलाई पूर्वसूचना दिइसकिएको जानकारी दिए। उनका अनुसार वडा अध्यक्षहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् भने नदी तटीय क्षेत्रको अवस्थाबारे निगरानी भइरहेको छ। नदीको बहाव घट्दै गए पनि जोखिम पूर्ण रूपमा टरिनसकेकाले स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्