चार महिनापछि खुल्यो एन्फा केन्द्रीय कार्यालय, कात्तिक १३ मा कार्यसमिति बैठक बस्ने

Sagarmatha Post
Sagarmatha Post ११ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय चार महिनापछि खुलेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका बहुमत सदस्यले कार्यालयको ताला खोलेका हुन् ।कार्यालय खुलेपछि वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा सदस्यहरूबीच छलफल भएको थियो । छलफलमा खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए ।

छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको सहभागी एक सदस्यले जानकारी दिएका छन् ।एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित रूपमा आग्रह गरिए पनि बैठक नबोलाइएपछि बहुमत सदस्यले कार्यालयको ताला खोलेर बैठक आह्वान गर्ने निर्णय गरेका हुन् ।

कात्तिक १३ गते बस्ने भनिएको बैठकबाट आवश्यक निर्णय गरी एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारीसमेत गरिएको छ । यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्