काठमाडौं । जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–८, जरंखुबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई हाल तारकेश्वर नगरपालिका–८ जरंखुमा बस्दै आएका २३ वर्षीय निखिल नेपाली रहेका छन्।सवारी ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा रहेका नेपाली जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए। फरार रहेका उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले जरंखुबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई पुनः नक्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्