गिनीमा अवैध सुन खानी बन्द गर्ने क्रममा झडप, १० जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa
Supporters of the main opposition leader Cellou Dalein Diallo of UFDG party clash with security forces after results showed President Alpha Conde winning re-election in a poll that the opposition says was unconstitutional, in Conakry, Guinea October 23, 2020. REUTERS/ Souleiman Camara NO RESALES. NO ARCHIVES

गिनी । अवैध सुन खानी सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनका क्रममा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ। घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्। गिनीको उत्तरपूर्वी क्षेत्र सिगुइरी जिल्लामा बुधबार उक्त घटना भएको हो। सरकारले नोभेम्बर २ देखि अवैध सुन खानी सञ्चालनमा रोक लगाएको थियो। प्रतिबन्ध कार्यान्वयनका लागि गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको र झडप भएको सरकारी विज्ञप्तिमा जनाइएको छ।

घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ। प्रतिबन्ध लागू गर्ने क्रममा सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई उक्त क्षेत्रबाट हटाएको छ। कारबाहीपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण स्थानीय बासिन्दासमेत घरबाहिर निस्कन डराइरहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार झडपपछि घटनास्थलमा शवहरू देखिएका थिए भने केही पसलमा तोडफोडसमेत भएको थियो। घटनामा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षाकर्मीको कडा निगरानीका कारण उपचारका लागि आवश्यक सहयोग जुटाउनसमेत कठिन भएको बताएका छन्।

सरकारी कारबाहीपछि ठूलो सङ्ख्यामा मानिस छिमेकी मुलुक माली पुगेका छन्। माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको दाबी गर्दै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्