काठमाडौं । बंगलादेशका सहकारी क्षेत्रका उच्च पदस्थ पदाधिकारी तथा सहकारी अभियन्ताहरूले काठमाडौंको बौद्ध टुसालस्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्ययन, अवलोकन तथा भ्रमण गरेका छन्। साकोसमा आएको टोलीलाई सहकारीका कार्यकारी सचिब बिकल्प पाठक, सहकारीका संचालक एवं कर्मचारीहरुले स्वागत गरेका थिए ।
२०८३ साल कात्तिक २७ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा बंगलादेशका बचत तथा ऋण सहकारी संस्थाहरूमा अवलम्बन गरिएका सफल अभ्यास, कार्यप्रणाली तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले १९ सदस्यीय टोली सहभागी भएको थियो।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र CCULB को संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमअन्तर्गत बंगलादेशी सहकारी प्रतिनिधिहरूले नेचुरल साकोसको मुख्य कार्यालयको अवलोकन गर्दै संस्थागत सञ्चालन, व्यवस्थापन तथा सहकारी गतिविधिबारे जानकारी लिएका थिए।
कार्यक्रममा नेचुरल साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा दुवै देशका सहकारी क्षेत्रका प्रतिनिधिहरूबीच सहकारी सञ्चालनका सफल अभ्यास, अनुभव र कार्यप्रणालीबारे विचार तथा अनुभव आदानप्रदान गरिएको थियो।
यस प्रकारका अन्तर्राष्ट्रिय अध्ययन, अवलोकन तथा अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र बंगलादेशबीचको सहकारी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै ज्ञान, सीप र सफल अभ्यासको आदानप्रदानमार्फत सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्