बालेनको भारत भ्रमणलाई भारतले दियो उच्च प्राथमिकता, स्वागतको तयारी पूरा

Sagarmatha Post
Sagarmatha Post ६ मंसिर २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई सफल, व्यवस्थित र उपलब्धिमूलक बनाउन भारतले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। प्रधानमन्त्रीको स्वागतका लागि भारतीय राजधानी नयाँदिल्लीका विभिन्न चोक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्। को भ्रमणसम्बन्धी गतिविधिलाई नजिकबाट नियाल्न धमला पनि शनिबार नै नयाँदिल्ली पुगेका छन्। उनका अनुसार भारतीय पक्षले भ्रमणलाई सफल बनाउन आवश्यक सबै तयारीलाई प्राथमिकतामा राखेको छ।

यसैगरी, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपाली दूतावास पनि भ्रमणलाई फलदायी बनाउन सक्रिय रूपमा समन्वय गरिरहेका छन्। दुवै देशका कूटनीतिक निकायबीच भ्रमणका कार्यक्रम, व्यवस्थापन तथा अन्य आवश्यक विषयमा समन्वय र तयारी गरिएको छ। धानमन्त्रीको भ्रमणसम्बन्धी सूचना आमजनतासम्म सहज रूपमा पुर्‍याउन भारत पुगेका नेपाली पत्रकारका लागि पनि विशेष व्यवस्था मिलाइएको छ। समाचार संकलन तथा रिपोर्टिङलाई सहज बनाउन पत्रकारहरूसँग समन्वय गरिएको छ भने आवश्यक सूचना उपलब्ध गराउन छुट्टै मिडिया डेस्क स्थापना गरिएको छ।

भारतीय सञ्चारमाध्यममा पनि बालेनको भ्रमणले प्राथमिकता

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरूले पनि विशेष चासोका साथ समाचारमा स्थान दिएका छन्। भारतका चर्चित सञ्चारमाध्यमहरू इन्डिया टुडे, एनडीटीभी, द इकोनोमिक टाइम्स, हिन्दुस्तान टाइम्स, द टाइम्स अफ इन्डिया र दैनिक जागर प्रधानमन्त्री बालेनको भ्रमणलाई विशेष महत्त्व दिँदै भारतीय विदेश मन्त्रालय तथा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले उच्च प्राथमिकताका साथ तयारी गरेको बताइएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र सम्भावित द्विपक्षीय सम्झौतासम्बन्धी तयारीसमेत पूरा भएको भारतीय विदेश मन्त्रालयका उच्च स्रोतलाई उद्धृत गर्दै स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीणलगायतले नेपाल–भारत सम्बन्ध, प्रधानमन्त्री बालेनको भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता तथा दुई देशबीचको आर्थिक र कूटनीतिक सहकार्यका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमहरूले यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने, व्यापार तथा आर्थिक साझेदारी विस्तार गर्ने र द्विपक्षीय विकास सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा व्याख्या गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दैछन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्