काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह केहीबेरअघि भारत प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी छन्।
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ।भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकरसहित उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्