काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ।भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको बताइएको छ।त्यसैगरी, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि दुवैबीच विचारविमर्श भएको लामिछानेको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


प्रतिक्रिया दिनुहोस्