प्रवीण थपलिया, नुवाकोट /शिवपुरी गाउँपालिका माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शिवपुरी ५ स्थित जानकी मा.वि.को प्राङ्गणमा शुक्रबार गरिएको सो प्रतियोगिताको आयोजना शिवपुरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गरेको थियोे । त्यसैगरी प्रतियोगिता व्यवस्थापन जानकी मा.वि.ले गरेको थियोे । शिवपुरी गाउँपालिकाका नौ माध्यमिक विद्यालयका २७ विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगितामा स्याउरेभुमी मा वि २८ अङ्कका साथ प्रथम स्थान हासिल गरि रु ९ हजार जित्न सफल बनेको छ जनज्ञान निकेतन मा.वि. २० अङ्कका साथ द्वितीय स्थान हासिल गरि रु ६ हजार नगद जित्न सफल भयो, जानकी मा.वि. १७ अङ्कका साथ तृतीय स्थान हासिल गरि रु ३ हजार नगद जित्न सफल भयो। त्यसैगरी सान्त्वना जित्न सफल कालीका मा.वि. १६ अङ्कका साथ रु १५ सय नगद जित्न सफल भएको छ। शिवपुरी गाउँपालिकाका उपप्रमुख वीरवहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजीत उक्त कार्यक्रममा प्रथम ,द्वितिय तृतीय तथा सान्तवना विजेता तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई उपाध्यक्ष तामाङ ले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद अधिकारी, तथा अनुप भट्ट ले सहभागि विद्यार्थीहरुलाई प्रश्न सोध्नु भएको थियो। कार्यक्रममा शिवपुरी ५ का वडा अध्यक्ष रेसम बहादुर तामाङ स्थानीय बासिन्दाका साथै सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियोे ।
शिवपुरी गाउँपालिका माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रतिक्रिया दिनुहोस्