नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसंग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री दाहालले टोलीको उपस्थितिमा कप्तान रोहित पौडेलसंग तयारीका बारेमा चासो व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्दै भने– ‘सिंगो नेपाल सरकार, नेपाली जनता तपाईहरुको साथमा छ । तपाईहरुको टिमसंग । पहिलोपटक एसिया कप खेल्दै हुनु हुन्छ । यो ऐतिहासिक अवसर हो । मेरो तर्फबाट ‘वेस्ट अफ लक’ । राम्रो गर्नुस्, देश तपाईहरुको साथमा छ । नेपालले आज बुधबार आफ्नो समूह चरणको पहिलो खेलमा मुल्तानमा पाकिस्तानसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

Array