परिच्छेद सेनले घटस्थापनाको अवसर पारेर आज (आइतबार) नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ । घटस्थापनाको अवसर पारेर आज (आइतबार) नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुनुहुन्छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गर्नुभएको थियो । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो । टोपेन्द्र विष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिनुभएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि.सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।

फिल्ममा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उहाँको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ ।‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताउनुभएको छ । परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसक्नुभएको छ ।  यी दुवै फिल्मले दुई दर्जन अन्तर्राष्ट्रिय अवार्ड समेत जित्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array