रबिन थपलिया । काठमाण्डौं । असोज १४ । काठमाण्डौंबाट पोखराको लागि हिडेको यात्रुबाहक बस केहि बेर अघि नुवाकोटको शिवपुरी ७ सुनखानी स्थीत अदुवाबारीमा दुर्घटना हुंदा ८ जना घाइते भएका छन् ।
१८ जना यात्रु सहित पोखरा हिडेको ग१ख ४५३५ नम्बरको बस आज दिँउसो १२.३० बजे दुर्घटनामा परेको हो । बस सडक देखि करिब १ सय मिटर तल रुखमा अडकीएको अवस्थामा रहेको हाम्रा नुवाकोट समाचारदात सरोज थपलियाले बताए । दुर्घटनामा ८ जना घाइते भएका छन भने घाइते भएका मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि काठमाण्डौं ल्याँईदै गरिएको छ । बसमा १८ जना यात्रु सबार थिए ।
नागढुंगाको सडक बन्द रहेकाले उक्तबस टोखा, छहरे र गल्छी हुंदै पोखराको लागि जाँदै गरेको थियो ।

sds


प्रतिक्रिया दिनुहोस्