काठमाडौँ। नेकपा (एमाले) बाट निस्कासित नेता भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् । त्यसका लागि उनले दिउँसो १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलन समेत राखेका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
नेता भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने


प्रतिक्रिया दिनुहोस्