नवनियुक्त राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

Sagarmatha Post
Sagarmatha Post १७ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो ।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्