काठमाडौं , खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षिया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र तारा गुरुङ छन् । खोटाङको दिक्तेलबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी आज बिहान दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु


प्रतिक्रिया दिनुहोस्