रबिन थपलिया । काठमाण्डौं । माघ १९ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखाको आयोजना तथा हेम मदन फाउण्डेसनसंगको सहकार्यमा आज तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगा हाइट नयाँ बस्तीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गोलढुंगा हाइट नयाँ बस्ती स्थीत गणेश मन्दीरमा आयोजना भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेको तारकेश्वर नगरपालिका नगरस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम विहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको थियो । रक्तदाताहरुलाई तारकेश्वर नगरपालिकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, नगरस्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह तथा जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले प्रमाणपत्र प्रदान गर्नुभयो ।
रक्तदान कार्यक्रममा हेम मदन फाउण्डेसनका अध्यक्ष मनोज श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा दुई बर्ष अघि तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।




ghgh


प्रतिक्रिया दिनुहोस्