काठमाडौंको न्यूनतम तापक्रम : आइतबार बिहान ५:४५ बजे ४.५ डिग्री सेल्सियस

Sagarmatha Post
Sagarmatha Post २० माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ। शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो। काठमाडौंमा आज दिनभरि मौसम सफा रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्