तारकेश्वर नगरपालिकाद्धारा फोहर व्यवस्थापनका लागि आशयपत्र माग, यस्ता छन् आशयपत्रका १५ शर्तहरु

Sagarmatha Post
Sagarmatha Post २० माघ २०८१, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माघ २० । तारकेश्वर नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि आशयपत्र माग गरेको छ । नगरपालिकाले आज सुचना प्रकाशन गरी १५ वटा अनिवार्य शर्त सहित आशयपत्र पेश गर्न आग्रह गरेको छ ।
नगरपालिकाको हिजो बसेको ५९ औं कार्यपालिका बैठकले फोहरमैला व्यवस्थापनका लागि आशयपत्र माग गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिका बैठकको निर्णय बमोजिम आज प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यद्धारा हस्ताक्षरीत सुचनामा १५ दिन भित्र आशयपत्र पेश गर्न आग्रह गरिएको छ ।
यस अघि तारकेश्वर नगरपालिकाको ५६ औं कार्यपालिका बैठकमा फोहरमैला व्यवस्थापनका लागि टेण्डरमा जाने बिषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन । टेण्डर प्रकृया सुरुहुनुपुर्व इआइए लगायतका कानुनी प्रावधानहरु पुरा गर्न अझै केहि समय लाग्ने भएकाले तत्कालका लागि तारकेश्वर नगरपालिका भित्र एकिकृत रुपमा फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले आशयपत्र माग गर्ने निर्णय गरिएको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो ।
तारकेश्वर नगरपालिकामा एक दशक अघि देखि तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि तथा वडा नं ५ मा ३ महिना अघि देखि स्वच्छ सफाईले फोहरमैला व्यवस्थापनको काम गदै आइरहेका छन् ।
आशयपत्र पेश गर्नका लागि कम्तीमा फोहरमैला व्यवस्थापनका लागि ५ बर्ष काम गरेको अनुभब तथा छनौटमा परेपछि २५ लाख रुपयाँ धरौटी राख्नुपर्ने आसयपत्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस नगरपालिकाले मागेको आसयपत्र

May be an image of text

May be an image of text

ffg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्