दरबार हाईस्कुलमा देखाईयो नेपाल–चीनमैत्री सम्बन्ध प्रकट हुने वृत्तचित्र

Sagarmatha Post
Sagarmatha Post २० माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडाैँ – काठमाडौँको दरबार हाईस्कुलमा आइतबार नेपाल–चीनमैत्री सम्बन्ध प्रकट हुने वृत्तचित्र देखाइएको छ। २०७२ को भूकम्पपछि ध्वस्त भएको यो स्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो। शिक्षक र विद्यार्थीले चीनबाट ल्याइएका वृत्तचित्र हेरेपछि चीनबारे थाहा नपाइएका धेरै कुरा जान्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन्। दरबार हाईस्कुल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भने, ‘वृत्तचित्रबाट नेपालको उत्तरी छिमेकी चीनको शिक्षा, संस्कृति, कला विज्ञान र विकसित चीनको पूर्वाधार पनि देख्न र बुझ्न सहयोग पुग्यो।’

चीन र नेपालका सांस्कृतिक सम्पदा झल्किने चिनियाँ बौद्धगुफा र नेपालको बौद्धनाथ, नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तु, हजार वर्ष अगाडिको सिल्क रोडदेखि बुद्ध ज्ञानीहरुबीचको कुराकानीमा एआई प्रविधिको प्रयोग गरिएको थियो।

त्यस्तै तिब्बत र नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि तिब्बतमा रहेका भिक्षुहरूको जीवनशैली, नेपाल चीन सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथा पनि भिडियोहरुमा समेटिएको थियो।

चाइना मिडिया ग्रुप नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालः यस प्रकारका कार्यक्रमले चीन नेपालबीचको परम्परागत नाता र निकटता बुझ्न सहज हुनेछ। कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो। चीनमा यतिखेर सर्प वर्षको विदा चलिरहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्