काठमाण्डौं। भारतसँग युद्धविराम भएको घोषणा पछि पाकिस्तानले शनिबार आफ्नो हवाईमार्ग पुनः खुला गरेको छ । पाकिस्तान एयरपोर्ट्स अथोरिटीले यसबारे जानकारी दिएको हो । ‘‘पाकिस्तानको हवाई मार्ग सबै प्रकारका उडानका लागि पूर्ण रूपमा खोलिएको छ,’’ पिएएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।
युद्धविरामपछि पाकिस्तानले खोल्यो हवाई मार्ग


प्रतिक्रिया दिनुहोस्