नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त

Sagarmatha Post
Sagarmatha Post २९ बैशाख २०८२, सोमबार
1 Min Read
Aa
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष अन्सारीले शुभकामना सन्देशमार्फत भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र समभावको शिक्षालाई आजको सन्दर्भमा अझ सान्दर्भिक र आवश्यक भएको उल्लेख गरेका हुन् । उनले भनेका छन्, “बुद्धको दर्शनले हामीलाई सहिष्णुता, समानता र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ ।”
उनले वर्तमान राजनीतिक परिवेशमा प्रतिगमन तथा धार्मिक अतिवादको विरुद्ध डटेर उभिनु आवश्यक रहेको उल्लेख गर्दै, अग्रगमनको पक्षमा सशक्त रूपमा अघि बढ्न सबैलाई आह्वान गरे । “बुद्धको शिक्षाबाट प्रेरणा लिएर हामीले सामाजिक न्याय, समावेशिता र संघीयताको मूल मर्म अनुसार थप अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्छ,” अन्सारीले भने ।
अध्यक्ष अन्सारीले यस अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र समुन्नत समाज निर्माणका लागि सबै नेपालीहरूलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गरे ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्