काठमाडौं, काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ । समिट एयरको एसएमए ४०१ को जहाज ६:२० मा काठमाडौंबाट लुक्लाको लागि उडेको थियो । सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमै फर्कियो


प्रतिक्रिया दिनुहोस्