सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना

Sagarmatha Post
Sagarmatha Post ११ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ, सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केहि प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थीत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् ।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृृद्धि गर्ने समय ७ वर्ष नभइ ५ वर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् । त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटनुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए ।

विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफुहरुको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्