रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत मानसिंह धर्म मा.वि बाट एसईई २०८१ मा उत्रिण विद्यार्थीहरुलाई बधाई, सम्मान तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयमा आज आयोजना गरिएको विशेष कार्यक्रममा एसईई उत्रिर्ण विद्यार्थीहरु, शत प्रतिशत विद्यार्थी उत्रिण गराउने शिक्षकहरु सहितलाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै बाग्मती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि बाग्मती प्रदेश सरकार लागि परेको बताँउदै शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले आगामी आर्थिक बर्ष देखि नैतिक र पुर्वव्यवसायीक शिक्षा लागु गर्न लागिएको बताउनुभयो ।
व्यवसायीक शिक्षाको अभावका विद्यार्थीहरु धमाधम बिदेश पलायन भईरहेको बताँउदै मन्त्री खड्गीले विद्यालय शिक्षा देखिनै विद्यार्थीहरुलाई व्यवसायीक बनाउन र नैतिक आचरण सुधारका लागि प्रदेश सरकारले व्यवसायीक शिक्षा र नैतिक शिक्षा लागु गर्न लागिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो“ पुर्व व्यवसायीक र नैतिक शिक्षा लागु गराउन मैले मन्त्रालयबाट बजेटनै बिनियोजन गरिसकेको छु, यो विषय निकै खड्कीएकाले मैले मुख्यमन्त्री बहादुर दाईलाई पनि भने उहाँले मान्नुभयो, अव आगामी आर्थिक बर्ष देखि बाग्मती प्रदेशका विद्यालयहरुमा ति बिषयहरु पढाई हुनेछन्”

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले मानसिंह स्कुलको शैक्षिक सुधारका लागि परेको बताँउदै मेहनत अनुसारको यस पटकको एसईई परिक्षामा विद्यालयले नतिजा ल्याउन नसकेकोमा दुख लागेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार शिवराज सापकोटाले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय सहित अविभावक,व्यवस्थापन र विद्यार्थी सबै पक्ष जिम्मेवार रहने बताँउदै सबैको साझा मेहनतले मात्र विद्यालयले राम्रो नतिजा ल्याउने बताउनुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक केदार प्रसाद गजुरलेले एसर्ईई परिक्षामा विद्यालयले गतबर्ष भन्दा राम्रो नतिजा ल्याएको बताँउदै कक्षा ८ को नगरस्तरीय परिक्षामा समेत तारकेश्वरका सामुदायिक विद्यालयको तुलनामा मानसिंहले राम्रो नतिजा ल्याउन सफल भएको दावीभयो ।
मानसिंह स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं १० की वडा सदस्य रत्न मायाँ परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय उच्च मा.विका प्रधानाध्यापक गोविन्द तिमिल्सीना, वडा नं १० का सदस्य विक्रम महर्जन, मानसिंह स्कुलका प्रमुख सल्लाहकार शिवराज सापकोटा,विद्यालय व्यवस्थापन समितिका सदस्य राजु रानाभाट, मान बहादुर महर्जन, नेपाल भारतका जानकार एवं समाजसेवी युगप्रसाद शर्मा लगायतको उपस्थीति रहेको थियो ।




fgfg

dfdf




प्रतिक्रिया दिनुहोस्