आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्। अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ । रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रुबी साहको मृत्यु प्रकरण : अभियुक्तले आत्मदाहको प्रयास


प्रतिक्रिया दिनुहोस्