नेप्से : आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकियो

Sagarmatha Post
Sagarmatha Post १२ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा कारोबार भएको थियो ।आज म्युचुअल फन्ड र ननलाइफ इन्सुरेन्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जल विद्युतको शेयर मुल्य ३.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज ओरियन्टल होटलकोको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ६० करोड ६९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्