सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
हाल प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते राति अनिवार्य अवकाशमा जान लागेका छन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्ने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै सरकारले नयाँ आईजीपीको टुंगो लगाइएको हो ।
एआईजी खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका छन् । यसअघि उनी डीआईजीका रूपमा पनि सीआईबीमै कार्यरत थिए भने एआईजी भएपछि पनि त्यहीँ जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कोशी प्रदेश प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका थिए ।तेह्रथुममा जन्मेका खापुङ २०५१ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा प्रतिस्पर्धा गर्दै सेवामा प्रवेश गरेका हुन् । उनले भदौ १९ गतेदेखि आईजीपीका रूपमा औपचारिक कार्यभार सम्हाल्नेछन् ।उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् । तर नयाँ प्रहरी ऐन जारी भए अहिलेको प्रावधकान अनुसार ६ महिना सेवाअवधि थप हुनेछ ।


प्रतिक्रिया दिनुहोस्