नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित

Sagarmatha Post
Sagarmatha Post १३ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

 नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ए ले आसाम टिमलाई ९६ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो । आसामको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाल ए का बलर युवराज खत्रीले ४ विकेट लिए भने अहमद बसिरले ३ विकेट लिएका थिए ।

यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।  नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ३५ रन बनाएका थिए भने देव खनालले ३१, अहमद बसिरले २७, बिबेक यादवले ८ बलमा २५ रन बनाएका थिए । यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यस अघि बर्षाले प्रभावित पहिलो खेल आसामले जितेको थियो । अब तेस्रो खेल भोली खेल्ने तालिका रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्