आज नेप्सेमा गिरावट : ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकियो

Sagarmatha Post
Sagarmatha Post १५ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयर मुल्य ४.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज ग्लोबल आइएमइ समुन्नत योजना-२ को शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ४५ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्