काठमाडौंको गोंगबुस्थित एक घरमा छापा : ३ करोड ७६ लाख नगद रुपैयाँ र करिब दुई किलो सुन बरामद

Sagarmatha Post
Sagarmatha Post १८ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा करिब तीन घण्टादेखि व्यापक छापा मारेको छ। अवैध सुन र हुन्डी कारोबारबारे प्राप्त सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले मंगलबार दिउँसोदेखि सो घरमा  छापा मारेको हो।

प्रहरीका अनुसार गोरखाका वीरेन्द्रबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा उनी मिटरब्याजमा पैसा लगाउने र सुनलाई धितो राख्ने कार्यमा संलग्न रहेको खुलेको छ।एआईजी टेकबहादुर तामाङका अनुसार, छापा मारिएको घरबाट ३ करोड ७६ लाख नगद रुपैयाँ र करिब दुई किलो सुन बरामद गरिएको छ। बरामद गरिएको रकम र सुनबारे थप विवरण संकलन भइरहेको छ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, बरामद नगद र सुनको स्रोतबारे अनुसन्धान जारी छ र यो प्रकरणमा अरु व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने आशंका गरिएको छ।  श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्