नापी कार्यालय, पुरानो नैकापमा कार्यरत कुँवर घुससहित अख्तियारको नियन्त्रणमा

Sagarmatha Post
Sagarmatha Post २० भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलङ्की, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ।आयोगका अनुसार जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग रु. १३ हजार घुस लिइसकेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा कुँवरले सो जग्गासम्बन्धी मालपोत कार्यालय, कलङ्कीमा दर्ता श्रेस्ता कायम गर्ने तथा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइदिने भनी घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु. १३ हजार कायम गरी कैद र जरिवानाको सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्