जेनजी युवाको मृत्युप्रति स्तब्ध छु, उनीहरुका माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड

Sagarmatha Post
Sagarmatha Post २३ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीको आन्दोलनमा सहभागी युवाको मृत्यु भएको प्रति दुख व्यक्त गर्दै स्थित थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपुर्वक ठोस कदम चाल्न आग्रह गरेका छन् । प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन्-  

आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।

जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्