जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा जारी

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ।काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गर्नुभएको हो ।

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो ।कफ्र्यू आदेशअनुसार काठमाडौँ महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्