कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको शेखर कोइराला पक्षधर रहेका अधिकारीसहित आफू पक्षधरका मन्त्रीहरूलाई कोइरालाले राजीनामा दिन आग्रह गर्नुभएको थियो ।

सम्माननिय प्रधानमन्त्रीज्यु,

नेपाल सरकार

सिंहदरबार, काठमान्डौ।

विषयः राजिनामा पेश गरिएकोबारे।

उपर्युक्त सम्बन्धमा म रामनाथ अधिकारी नेपाली काँग्रेस धादिंग जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट यहाँको मन्त्रीमन्डलमा कृषी तथा पशुपंछी मन्त्रिको रुपमा ईमानदारीपुर्वक निष्ठाका स

साथ आम जनता र किसान दाजुभाईको हितमा समर्पित हुन पाएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

आज मिति २०२८२ भाद्र २३ गते हाम्रो छोराछोरीरनातिनातिना पुस्ताले काठमांडौ र देशका विभिन्न स्थानमा देशमा व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथीको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तीपुर्ण विरोध गर्नु आम नागरिकको नैसर्गिक अधिकार भएको कुरा मनन गर्नुको बदला सरकारवाट ब्यापकरुपमा भएको दमन, हत्या र बलप्रयोगले हामी लोकतन्त्र तर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भई रहेको आभाष मिलि रहेको छ। स(साना कलिला छोराछोरीहरुको दमन गर्दै यो सरकारमा बसि रहन मेरो नैतिकता र मेरो दलले बोकेको बिचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले मलाई चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसी रहन अपराधबोध भएकोले सम्पुर्ण देश र जनता समक्ष म समेत भएको सरकारले गरेको दमन प्रति क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति घोर आपत्ती जनाउँदै तत्कालै लागु हुने गरी यहाँ समक्ष राजिनामा पेश गरेको छु।

पटक(पटक युवापुस्ताले आन्दोलन गरि रहनुपर्ने र सत्तासिनहरुले सदैव असहिष्णुता देखाई दमन गरि रहने हाम्रो बिडम्बनाबाट मुलुकले चाँडै निकास पाओस्, जनताको जिवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथी लोकतन्त्रमा केही हुँदैन, हामी माननीय र सम्माननीय भन्दा हाम्रा जनता सार्वभौम हुन् भन्ने सामान्य चेतना हामीमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

जय नेपाल१

रामनाथ अधिकारी

मन्त्री

कृषी तथा पशुपंक्षी मन्त्रालय

सिंहदरबार, काठमांडौ

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्