संवादबाट समाधान खोज्न प्रधानमन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ I प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति  संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुभएको छ ।

“उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका  लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे सर्वदलीय बैठक आह्वान गरेको छु ।’’, प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु ’’,  अपिलमा भन्नुभएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्