ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो लगिएको छ । ‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले भन्यो। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। काठमाडौं र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ।
मन्त्रीहरूलाई निवासबाट हेलिकप्टरमा लगियो


प्रतिक्रिया दिनुहोस्