लुटपाट गर्ने कार्यमा संलग्न विभिन्न स्थानहरूबाट २६जना पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु

Sagarmatha Post
Sagarmatha Post २५ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं। नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ। नेपाली सेनाका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन्।

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन्।यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्