सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने

Sagarmatha Post
Sagarmatha Post २६ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्। ‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौंका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधान न्यायाधीश राउतले दु:ख व्यक्त गरेका छन्।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरणको सुनुवाइ एनेक्स भवनमा गर्ने तयारी छ। प्रधान न्यायाधीश राउतले अदालतका मिसिलका कागजातहरू र भौतिक स्रोत साधनको संरक्षण गर्न खटेका न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकलाई धन्यवाद दिएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्