जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगे

Sagarmatha Post
Sagarmatha Post २९ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो। सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ। त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो।  आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। मृतक मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत भएकाे प्रहरीले जनाएकाे छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्