टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री रामेश्वर खनालको पहिलो निर्णय

Sagarmatha Post
Sagarmatha Post ३० भाद्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त अर्थ मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

अर्थमन्त्री खनालले अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने र निर्वाचन गर्नुपर्ने भएकाले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी नबढाउने, तयारी नभएका टुक्रे आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडी बढाउने बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्