बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध

Sagarmatha Post
Sagarmatha Post ९ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa
{"caption":"u0928u093eu0930u093eu092fu0923u0917u0922-u092eu0941u0917u094du0932u093fu0928 u0938u0921u0915u0915u094b u091fu094bu092au0947 u0916u094bu0932u093eu092eu093e u0936u0941u0915u094du0930u092cu093eu0930 u092cu093fu0939u093eu0928 u0916u0938u0947u0915u094b u092au0939u093fu0930u094b u092au0928u094du091bu093eu090fu092au091bu093f u0917u0928u094du0924u0935u094du092fu0924u0930u094du092b u091cu093eu0901u0926u0948 u0938u0935u093eu0930u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0930u092eu0947u0936u0915u0941u092eu093eu0930 u092au094cu0921u0947u0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौँ। मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्