आज पनि कोशी, मधेश र बागमती प्रदेशका पहाडी र तराई भूभागका एक, दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना

Sagarmatha Post
Sagarmatha Post १९ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाण्डौ। कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै ठूलो पानी परेको छ । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुरमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा तीन सय ५६ मिलिमिटर पानी परेको छ । निरन्तर र ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका अरू जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न ठाउँका नदी खोलामा बाढी आएको छ । बस्तीहरु डुबानमा परेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित ठाउँमा सारेका छन् । सरकारले पूर्व तयारी व्यवस्थित बनाएकाले मानवीय क्षति भएको छैन ।

आज पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भूभागका एक, दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बेलुकीदेखि झरी केही मत्थर हुनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्