लगातार भएको भीषण वर्षाका कारण विभिन्न राजमार्ग पूर्ण रूपमा अवरूद्ध

Sagarmatha Post
Sagarmatha Post २० आश्विन २०८२, सोमबार
1 Min Read
Aa
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौँ ।‍ दुई दिन लगातार भएको भीषण वर्षाका कारण कोशी राजमार्ग, कान्ती लोकपथ लगायत प्रमुख राजमार्गका विभिन्न स्थानहरूका सडक अवरूद्ध छ । नेपाल प्रहरीलेसार्वजनिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोद्या गाउँपालिका-४ बरूणखोलामा कोशी राजमार्ग अवरूद्ध छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सिद्धिचरण राजमार्ग अवरूद्ध छ। उदयपुरको कटारीमा पनि सो राजमार्ग असोज १८ गतेदेखि पूर्ण अवरूद्ध छ।

मेची राजमार्ग इलामको इलाम नगरपालिका-९ राजदुवाली लगायतका स्थानहरूमा अवरूद्ध छ। प्रहरीका अनुसार रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काभ्रेपलान्चोक, मकवानपुरमा पनि विभिन्न स्थानहरूमा विभिन्न सडकहरू अवरूद्ध छन्। सिन्धुलीको मरिण गाउँपालिका-२ सिन्दुरेमा मदन भण्डारी राजमार्ग एकतर्फी रूपमा सञ्चालित छ भने फिक्कलमा मध्यपहाडी राजमार्ग र सुनकोशी-१ नेपालथोकमा विपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्