रसुवामा फसेका १२ को उद्धार, चारजनाको खोजी जारी

Sagarmatha Post
Sagarmatha Post २० आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए । तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको सेनाले जनाएको छ ।

उद्धार गरिएका सबै जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ । यसैबीच, हराइरहेका चार जनाको खोजी कार्य निरन्तर भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्यामसाइड, भाङ्गे झरना लगायत पाँच स्थानमा खोजी कार्य सञ्चालन गरिरहेका छन् ।सुरक्षाकर्मीहरूले निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती भइरहेको बताएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्