घरायसी विवाद बढेपछि आवेशमा श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमान पक्राउ

Sagarmatha Post
Sagarmatha Post २२ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

नुवाकोट   । घरायसी विवाद बढेपछि नुवाकोट शिवपुरी गाउँपालिका-७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार (२१ असोज) साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्